शनिवार, 13 अक्टूबर 2018

व्यावसायिक अवसरको पहिचान


कुनै पनि व्यवसाय सुरु गर्नु भन्दा अगाडि संभावित उद्यमीले आपैmँसँग
“मेरा लागि कुन व्यवसाय उपयुक्त छ र किन ?” भन्ने प्रश्न गर्न
आवश्यक छ । किनकि संसारका सफल तथा असफल सबै उद्यमीले
स्वीकार गरेका छन् कि, यो प्रश्नमा नै उद्योग सफल वा असफल हुने
कुरा भर पर्दछ ।
कुनै पनि संभावित उद्यमीले ‘यो व्यवसाय गर्छु’ अथवा ‘मेरा लागि यस्तो
उद्योग उपयुक्त हुनसक्छ’ भनेर मात्र पुग्दैन । त्यसका लागि जसरी
एउटा दक्ष सिकारीले जङ्गलमा सिकार खेल्न जानु अगाडि जङ्गलमा
कस्ता – कस्ता शिकारहरू छन् ?, तिनीहरू पाइने क्षेत्र कहाँ – कहाँ
छ ? त्यो जङ्गलमा कस्ता – कस्ता हिँस्रंक जनावार छन् ? तिनीहरू कहाँ र कसरी बस्दछन् ? आदिबारे पहिला
नै अध्ययन गर्छ, अनिमात्र त्यो जङ्गलमा सिकारको लागि पस्दछ । त्यसरी नै त्यो संभावित उद्यमीले पनि “मेरो
लागि यही नै उद्योग गर्न उपयुक्त छ वा यही नै उद्योग गर्छु ” भन्नुभन्दा पहिले आफ्नो वरपरको वातावरणको
गहिरिएर अध्ययन गर्नु पर्दछ र अवसरहरू पत्ता लगाउँदै जानुपर्दछ ।
आफ्नो वरपरको वातावरण भन्नाले निम्न कुराहरूलाई जनाउँदछ । जसको आधारमा संभावित उद्यमीले व्यावसायिक
अवसरहरू पत्ता लगाउन सक्छ ।
1 व्यवसाय गर्ने मिल्ने वातावरण
2 मालसामानको आयातको अध्ययन
3 मालसामानको निर्यातको अध्ययन
4 आवश्यक र उपलब्ध सीपको अध्ययन
5 स्थानीय मानवीय स्रोतको मूल्याङ्कन
6 स्थानीय कच्चा पदार्थको खोजी
7 त्यस क्षेत्रमा उपलब्ध विकास योजनाको मूल्याङ्कन
8 त्यस क्षेत्रमा उपलब्ध उद्योगहरूको मूल्याङ्कन
9 त्यस क्षेत्रमा सञ्चालन भैरहेको उद्योगहरूको अवस्था अध्ययन
10 त्यस क्षेत्रमा उपलब्ध उद्योगहरूमा प्रविधिको प्रयोग भए नभए बारमा अध्ययन
11 पुराना (बन्द भइसकेका) उद्योगहरूको अध्ययन
12 व्यावसायिक पत्रिकाको अध्ययन
13 उद्योगहरूको सूची
14 उद्योगको संभाव्यता अध्ययन

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें