जापान | जिबनमा हरेक उत्तर चडाब हरु आउछन, तर डटेर त्यसको सामना गर्नु सके र इमान्दार पुर्बक किन्चित निरन्तर अगाडी बढे सफल पनि भईन्छ भन्ने एक उदाहरणका पात्र बनेका छन् जापानमा नेपालि चेली मेनुका गुरुङ |
सुनसरि जिल्लाको प्रकासपुरमा जन्म भइ त्यहीबाट स्नातक पास गरेकी उनि २०१३ सालमा आफ्नो सुनौलो भाबिसयको सपना बोकेर जापान पड़न जाने मुड बनाइन | जापान पुगेपछि करिब दुइ वर्ष ह्युमान एकेडेमी कलेज तकोदानो बाबा (टोकियो ) मा अध्यायन सुरु गरिन | सुरु सुरुमा भाषाको समस्या,खर्चको अभाब अनि चाहे जसरि लगत्तै काम नपाउने समस्या प्राय सबै नेपालि बिद्यार्थीहरुमा आउने गर्छन उहामा पनि यो समस्या नआएको होइन, पढाइको अलावा कामलाई पनि फोकस गर्नु पर्ने बाध्यता निश्चयनै सबैमा आउन जान्छ उहाले त्यहि गरे | केहि समयको अन्तरालमा एक जापानिज मामासन (साहुनि) को रेस्टुरेन्टमा काम गर्दै पड़न सुरु गरिन |
सुरुको चरणमा भाषाको समस्याले खाएको गालि र रोएको क्षणहरु उहा अझै सम्झन | तर परिस्थिति अनुकुल बन्दै जादा र आफ्नो इमान्दारिता लगनसिलता र मेहनेतले उहालाई बिस्तारै नयाँ उचाई दियो | सानो मिलेको जिउडाल हासिलो सुन्दरी अनि कहिले नरिसाउने, इमान्दार र मेहनेती स्वभावले गर्दा उनि एक्ली जापानिज ममासानको प्रिय बन्न पुगिन | त्यहि रेस्टुरेन्टमा उहाले धेरै कामहरु पनि सिकिन |

कलेजको पढाइ सकिन्दै जादा भिसाको समस्याबाट ग्रसित कतिपय नेपालीहरु रिफ्युजी हुने र जापनातिरै बस्ने कुरासँग परिचित उनि केहि समय अगाबै पढाइलाई पूर्ण बिराम लागएर मामासानको सहयोगमा आफ्नै सानो ब्यबसाय संचालन गर्न सुरु गरिन | जुन जापानको एकदमै फेमस फुड ‘थाको’ हो | प्राय सी-फुड र भेजको परिकार मिसाएर बनाइने उक्त खाना जापानिज हरुको अति नै प्रिय अनि चर्चित खाना हुन | विभिन्न टेस्टमा पाइने यो खाना उहाले आफ्नै रेसिपि तयार गरि जापानिज प्लस नेपाली टेस्टमा ढालिदिए | यसरि यो नयाँ रेसिपिमा तयार गरेको खानाको टेस्ट पनि नौलो रहन गयो र जापानिजहरुले अति मन पराउन थाले | बिस्तारै टाढा टाढाबाट यो ‘थाको’’ खान र लिन आउनेको भिड नै लाग्न थाले | यतिमात्र होइन नेपालिले बनाएको त्यस थाको’ को पपुलारिटिले उहाको नाम जापानको एक प्रख्यात म्यगाजिनले नै प्रकासित गरिदिए | अहिले सिमित स्टाफ र ग्राहकको चाप बढेको कारणले समस्य परेको उहा बताउनु हुन्छ | यसको अलावा अहिले नेपालि टिपिकल खाना पनि बनाउन सुरु गरेको मेनुका गुरुङ् निकट भबिस्यमा अर्को पनि यस्तै प्रकारको रेस्टुरेन्ट खोलेर केहि नेपालि बिद्यार्थी भाइ- बहिनीहरुलाई रोजगारी समेत दिने सोचमा रहेको बताउनु हुन्छ |

एक फरक सन्दर्भमा हामीले उहाको सुन्दरताको बर्णन गर्दै जादा थाहा पायौ उहा राम्रो बिउटिसियन पनि हुनु हुदो रहेछ | मेहन्दी (हिना ) लाउन र बेहुली सिगर्न खप्पिस उहाले यो पेसा भने नेपालमानै सिकेकी रहिछन | जापानबाट पनि मेक अप आर्टिस्टको ट्रेनिङ् गरि सर्टिपिकेट लिई सकेको बताउने उनि निकट भबिस्यमानै नेपालि दिदि बहिनीहरुलाई लक्षित गरि पार्लर खोल्ने योजनामा रहेको पनि खुलाशा गरिन |

पर्फेक्ट नेपालि मेक अप आर्टिस्ट तेस्मा पनि जपानिज पार्लर हरु खर्चिलो हुने भएकोले पहिला त उहा सामु आउने नेपालिहरुको भिड नै लाग्ने अनुभब उहा संघ छ | तर पार्लरमा नेपालिहरुलाई लाइसेन्स गारो हुने र जापानिजकै सहायता लिनु पर्ने भएकोले केहि समय पर्खनु परेको तर निकट भाबिस्यमै पार्लर पनि संचालन गर्ने पूर्ण तयारि समेत रहेको उहाले बताउनु भयो |
आशा गरौ उहाको योजना, सपना र सुन्दर भबिस्यको लागि |
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें