सम्मान पाउने व्यवसायी हुन्, किरण थापा र राज खनाल। सिड्नीको दक्षिणस्थित रान्डविकमा सञ्चालित खनालको सुसी बार नामक रेस्टुराँले लोकल बिजनेस अवार्ड जितेको हो। थापाले सञ्चालन गरेको व्यवसाय क्याप्कनले घरजग्गा र लगानी क्षेत्रमा प्रदान गरिने इन्भेस्टर्स च्वाइस अवार्डमा सिड्नीबाट उत्कृष्ट भएको हो।
‘अवार्डले यहाँका सबै नेपालीलाई गर्व गर्ने ठाउँ दिएको छ,’ उनी भन्छन्, ‘क्याप्कनले होइन, अस्ट्रेलियामा आएर दु:ख गर्ने नेपालीले जितेको हो यो।’ द एड्भाइजर नामक पत्रिकाका अनुसार अस्ट्रेलियामा रहेका ७ हजार प्रोपर्टी व्यवसायीहरूको मतदानमा क्याप्कन छानिएको हो।
४ वर्षयता त्यसमा संलग्न थापाले अस्ट्रेलियाभरका नेपालीलाई घरजग्गा खरिद र बैंकिङ ऋणलगायत सेवा दिँदै आएका छन्। अर्का व्यवसायी खनालले जापानी रेस्टुराँमा ४ वर्ष सेफ भएपछि आफ्नै व्यवसाय थालेका थिए।
यहाँ सम्मानित हुने व्यवसायी थापा र खनाल पहिला होइनन्। कुमार गिरीको करी मनिटर, योगी पुडासैनीको हिमालय चारग्रिललगायत रेस्टुराँले समेत स्थानीय काउन्सिलबाट उत्कृष्ट व्यवसायी सम्मान पाइसकेका छन्।
‘नेपालीहरू अस्ट्रेलियामा शान्त र मिहिनेती भनेर चिनिएका छन्,’ मन्त्रीस्तरीय सुझाव समितिका सदस्य रहिसकेका व्यवसायी महेन्द्र लम्सालले भने। उनको भनाइमा हरेक वर्ष नेपालीले आफ्नो पहिचान फैलाउँदै गएका छन्।
यहाँ नेपाली व्यवसायीको इतिहास एक दशक पुरानो मात्र हो। रेस्टुराँ, घरजग्गा खरिदबिक्री, आप्रवासनलगायत व्यवसायमा जमेका छन्। नेपाली विद्यार्थी आउने क्रम घटेको छैन।
यसअघि नै आएकाहरू पनि स्वरोजगारको खोजीमा लागेका छन्।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें