नेपाल सरकार उद्योग मन्त्रालयले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम ल्याएको छ । यो कार्यक्रम भविष्यमा ७५ वटै जिल्लामा विस्तार गर्ने गरी आ.व.२०६६।०६७ देखि लागू गरिएको हो । यदि विदेशबाट फर्केर नेपालमा व्यवसाय गर्ने सोचमा हुनुहुन्छ भने तपाईंले पनि यो ऋण लिन सक्नुहुन्छ।
यस कार्यक्रमले के काम गर्छ ?
- सिप र उद्यमशीलता विकास तालिम दिन्छ
- ऋण लिन सल्लाह र सहयोग गर्छ
- भएको व्यावसायमा अझै राम्रो गर्न सल्लाह दिन्छ
- मेसिन किन्नको लागि सहयोग गर्छ
- भएका उद्यमीहरुको सिप र क्षमता बढाउने कार्यक्रमहरु गर्छ
- बजारलाई व्यवस्थित गर्न मद्धत गर्छ
यो कार्यक्रम कस्को लागि हो ?
तलका समुहमा पर्ने र १६ देखि ६० वर्ष उमेरका नेपाली नागरिकको लागि हो
- अति गरिब
- पिछडिएका महिला
- आदिवासी जनजाति
- दलित
- अपाङ्ग
- सिमान्तकृत र सुविधाविहिन (अवसर नपाएका)
यो कर्यक्रमले कति जनालाई रोजगार बनाउने योजना छ?
- प्रति वर्ष ३० हजार जनालाई प्रत्यक्ष रोजगारी दिने लक्ष्य लिईएको छ
अहिले यो कार्यक्रम कुन-कुन जिल्लामा छ?
- झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवान्पुर, चितवन, काभ्रेपालान्चोक, भक्तपुर, ललितपुर, कास्की, पाल्पा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कंचनपुर, काठमाडौँ
यसमा सहभागी हुन कहाँ सम्पर्क गर्ने ?
- आफ्नो जिल्लाको घरेलु तथा साना उद्योगको कार्यालयमा सम्पर्क गर्ने (सम्पर्क नम्बरका लागि यहाँ क्लिक गर्नुहोस् सम्पर्क नम्बरहरु)
- जिल्ला घरेलु तथा साना उद्योगको कार्यालय नभएमा घरेलू तथा साना उद्योग विकास समितीमा सम्पर्क गर्ने
कहिले सम्पर्क गर्ने ?
- अहिले यसका लागि कार्यक्रम संचालन गर्ने संघ-संस्थाहरु छनोट गर्ने काम भइ रहेको छ, यो लागू हुन केहि समय (महिना) लाग्न सक्छ
थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस्: http://csidb.gov.np/new/information/19 वा http://dcsi.gov.np/backend/web/file/146523431-MEDPA%20Guidelines%20Amended.pdf
फोन नं: ०१-४२५९८४२, ०१-४२५९८४६
वेबसाईट: http://dcsi.gov.np वा http://csidb.gov.np
थप लेखहरू पढ्नका लागि हाम्रो शुभयात्रा मोबाइल एप यो लिकंबाट डाउनलोड गर्नुहोस्: https://goo.gl/qoWBg8 वैदेशिक रोजगारीबारे जान्नुपर्ने धेरै कुराहरू यसैमा छन् । हाम्रो फेसबुक पेज हेर्नको लागि यो लिङ्क https://www.facebook.com/ShuvaGO/ मा जानुहोस् ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें