परनिर्भरतामै रम्ने अाजको परजीवी नेपाली समाज, राष्ट्रकै लागि सकस बनेको छ। भनसुन र कृपाकै भरमा काम मिलाउने, घरका होनहारलाई लाहुरै पठाउनु पर्ने, चाकडीबाटै उत्तरोन्नति गर्नु पर्ने बाटाहरु नेपाली समाजले रुचाँउछ र स्विकार्छ। यहाँ एकातिर समाजसेवालाई नै गरि खाने भाडोँ बनाउनेहरु सबै भन्दा सम्पन्न कुलिनहरुमा गनिन्छन् भने अर्कोतिर देशमै गरि खान्छु भन्नेलाई ‘पागल’ कहलाईन्छन्। त्यसैले अब यस कुसंस्कार हावी समाजको बिकल्प भनेको यस्तो पृथक समाज हो जसले अात्मनिर्भरता, श्रृजनशीलता, साहसीपन, दृढता, स्वावलम्वीपन र सफलता लाई पुज्छ। नेपालमा यस्तो “उद्यमशील” समाज चाहिएको छ जसले उत्कृष्टता र योग्यतामुखी संस्कारलाई अात्मसात गर्दै अहिले व्याप्त नातावाद, कृपावाद, जातियवाद जस्ता कुसंस्कारको जरो उखेल्ने वातावरण बनाउँछ। उद्यमशीळ समाजले हरबखत हरेक नागरिकलाई स्वावलम्वी हुन प्रेरित गर्छ जसले जन्म, वंश वा जातको अाधारमा होईन कर्म, लगन र चरित्रका अाधारमा मुल्याङ्कन गर्छ। उद्यमशील समाज सदैव उत्कृस्टताका लागि सक्रिय रुपमा यथास्थितिलाई चुनौती दिई रहन्छ, जसले गर्दा समय सापेक्ष ज्ञान प्रयोग गरी समाजलाई सदैव रुपान्तरण गर्दै लान्छ जसले गर्दा राष्ट्र विकसित रहन्छ।यसले नेपालमै काम गरिखाने संस्कृति र स्वावलम्वी संस्कारको श्रिर्जना गर्छ जसले नेपालबाट बिदेशिन बाध्य दशौँ लाख नेपाली दाजुभाई-दिदीबहिनीलाई देशमै अात्मनिर्भर बनाउँछ। अर्कोतिर यसले नेपाल छाड्न चाहने कयौँ भित्र यहि अाफ्नो खुट्टामा उभिन सकिन्छ भन्ने विश्वास जगाँउछ। नेपाल हाम्रो जन्मथलो मात्र नरहि कर्म थलो बन्न नेपाली समाज उद्दमशीळ समाज बन्नै पर्छ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें