सोमवार, 22 अक्टूबर 2018

अमेरिकी व्यवसायी यज्ञलाल श्रेष्ठले

अमेरिका क्यालोफोनिर्याका सफल नेपाली व्यवसायी यज्ञलाल श्रेष्ठले पोखरामा बन्ने लागेको शिकोकाइ कराते भवन निर्माणको लागि आर्थिक सहयोग गरेका छन् । पूर्व १ सय माइल म्याराथन धावक समेत रहेका उनले पोखरा १४ मा बन्दै गरेको शिकोकाइ कराते भवन निर्माणका लागि नगदर ४० लाख रुपैयाँ सहयोग गरेका हुन् ।

आफ्नो पाँचौ प्रोजेक्ट अन्र्तगत उनले पोखरामा बन्दै गरेको नेपाल शितोरियो शिकोकाई कराते संघलाई नगद ४० लाख सहयोग उपलब्ध गराउने घोषणा गरेका थिए । घोषित रकममध्ये बाँकी रहेको नगद १० लाख रुपैयाँ उनले निर्माणस्थलमै पुगेर हस्तान्तरण गरेका छन् ।


३० लाख रुपैयाँ भने गत बर्षनै उनले हस्तान्तरण गरीसेको भवन निर्माण समितिले जानकारी दिएको छ । सफल व्यवसायी श्रेष्ठको अमेरिकाको क्यालीफोर्नियमा हिमालयन फाउनडेन्सन करर्पोरेसन रहेको छ । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै उनले जहिले पनि नेपालको शिक्षा र खेलकुद बिकासका लागि सहयोग गर्दै गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।


खेलकुदमा लागेर यूवा अवस्थामा नै विदेश पलायन भएको स्मरण गर्दै उनले नेपालको शिक्षा, स्वास्थ्य र खेलकुदमा लगानी गर्न आफु आतुर रहेको  बाएका छन् । उनले २१ वर्षको उमेरमा आफ्नै खर्चमा सन २००२ र २००३ मा अमेरिकमा सिल्भर मेडल जितेर राष्ट्रको झण्डा फहराएका थिए ।

सफल खेलाडी बन्नको लागि जिवन कुनै दिन पनि हिनताबोध हुन नहुनेमा उनले जोड दिएका छन् । आफ्नो पालामा विदेशी भूमीबाट मेडल जितेर नेपाल आउँदा समेत खेलकुद निकायले वेवस्ता गरेको उनले गुनासो गरेका छन् ।  सम्बन्धीत निकायले उपेक्षा गर्दा आफु विदेशीन बाध्य भएको उनको अनुभव छ ।


पूर्व खेलाडी यज्ञलाल श्रेष्ठले सन २००२ मा नेपालको प्रतिनिधित्व गर्दै अमेरिका स्थित क्यालिफोर्निया वेष्टर्न स्टेट्स १ सय माइल दौडमा गौरवशाली सहभागीता जनाएका थिए । प्रतियोगिताको दौडान उनले २२ घन्टा ३७ मिनेटमा दौड पूरा गरि नेपालको लागि विदेशी भुमीमा रजत पदक हात पारेका थिए ।

कार्यक्रममकै अवसरमा उनले तेश्रो पोखरा स्र्पोट्स अर्वाडको लागि नेपाल खेलकुद पत्रकार मंच कास्कीलाई नगद २० हजार रुपैयाँ सहयोग समेत गरेका छन् । उनले सहयोग रकम नेपाल खेलकुद पत्रकार मंच कास्कीका अध्यक्ष केशब पाठकलाई हस्तान्तरण गरेका हुन् ।


समाज सेवामा सकृय रहेका उनले हालसालै अमेरिकाको सेनफ्रान्सिस्कोमा नेपाली समाज घर निर्मााणार्थ आयोजना भएको महायज्ञमा ५५ हजार ५ सय ५५ अमेरिकी डलर (६५ लाख रुपैयाँ)  सहयोग गरेका थिए । उनले शिन्धुपाल्चोक मेलम्ची स्थित श्री बाल सुधार माबीलाई करिब २५ लाख रुपैयाँ सहयोग गरेका छन् ।

साथै उनले ज्योती भञ्ज्याङ आधारभूत माबीलाई करिब ५० लाख नगदसँगै विद्यालयको शैक्षिक उन्नतीका लागि सहयोग गरेका छन् । वि.स २०७२ सालको महाभुकम्पमा उनले काभ्रे, नुवाकोट र दोलखामा समेत गरि करिब ५० लाख भन्दा बढी सहयोग गरेका थिए । पोखरामा सम्पन्न भएको सहयोग हस्तान्तरण कार्यक्रम नेपाल शितोरियो शिकोकाई कराते संघका अध्यक्ष शुष्मा गुरुङको अध्यक्षतामा भएको थियो ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें