अध्ययनका लागि विदेशिने नेपालीको प्रायः एकै खाले सपना हुने गर्छ– पढाइ पूरा गर्ने र गतिलो जागीर खोजेर स्थापित हुने। त्यसमध्येको सानो संख्या अन्तर्राष्ट्रिय डिग्री लिएर स्वदेश फर्कन चाहने पनि हुन्छ। विदेशमै व्यवसाय र लगानीको चाहना राख्नेहरू भेट्न त मुश्किलप्रायः हुन्छ।
पछिल्लो समय नेपाली विद्यार्थीको प्रमुख आकर्षक गन्तव्य बनेको अष्ट्रेलियामा विद्यार्थी बनेर पुगेका केही नेपाली भने सफल व्यवसायीको परिचय बनाउँदैछन्।
आफ्नै मिहिनेतले यहाँको तीव्र प्रतिस्पर्धात्मक बजारमा अलग परिचय बनाउन थालेका उनीहरू समुद्रपारको नेपाली डायस्पोरालाई गर्विलो पार्ने काम गर्दैछन्।
अष्ट्रेलियाकै धनाढ्यहरूको सूचीमा समेटिएका गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेपछिको यो पुस्ता लगानी र व्यवसायमा विविधीकरण समेत भित्र्याउँदैछ।
नयाँ सम्भावनाको खोजी गरिरहेको र घरजग्गा व्यवसाय, शिक्षा, हस्पिटालिटी, रेस्टुरेन्टलगायतका क्षेत्रमा स्थापित हुँदै गरेको यो पुस्ताले आफ्नो सफलतालाई नेपालमा समेत जोड्ने प्रयास गर्दैछ। यीमध्येका केहीले अष्ट्रेलियाको कमाइलाई नेपालमै लगानी गर्न थालेका छन्।
अष्ट्रेलियाका नेपाली 'इन्भेष्टर'
अष्ट्रेलियामा छोटो समयमै लोभलाग्दो प्रगति गर्ने नेपालीमा किरण थापा (३६) को नाम सबैभन्दा अगाडि आउँछ। नेपालीमाझ् मात्र हैन, अष्ट्रेलियाको 'इन्भेष्टमेन्ट मार्केट' मा समेत उनलाई महत्वका साथ हेर्न थालिएको छ।
अष्ट्रेलियामा छोटो समयमै लोभलाग्दो प्रगति गर्ने नेपालीमा किरण थापा (३६) को नाम सबैभन्दा अगाडि आउँछ। नेपालीमाझ् मात्र हैन, अष्ट्रेलियाको 'इन्भेष्टमेन्ट मार्केट' मा समेत उनलाई महत्वका साथ हेर्न थालिएको छ।
१० वर्षअघि 'स्टुडेन्ट भिसा' मा अष्ट्रेलिया पुगेका नुवाकोटका थापा अहिले सिड्नीका नामी 'मर्गेज ब्रोकर' का रूपमा चिनिन्छन्। रियलस्टेट व्यवसायमा समेत उनको चर्चा बढ्दो छ।
“पछिल्लो पाँच वर्षको अवधिमा हामीले क्यापकोन इन्भेष्टमेन्टमार्फत करीब ९०० घर खरीद गर्यौं”, थापा भन्छन्, “सन् २०१६ मा हामीले खरीद गरिदिएका घरहरूका निम्ति ब्यांकहरूले ९६ मिलियन अष्ट्रेलियन डलर ऋण प्रवाह गरे।”
'क्यापकोन इन्भेष्टमेन्ट' थापाले स्थापना गरेको 'ब्रोकर' कम्पनी हो, जसले सिड्नीमा घर किन्न चाहनेका निम्ति ब्यांकसँग मध्यस्थता गरी सम्पूर्ण ब्यांकिङ प्रक्रिया पूरा गरिदिने काम गर्छ। केही महीना अघि रियलस्टेट कम्पनी 'हार्कोट्स' समेत सञ्चालनमा ल्याएका थापा आवासीय र व्यापारिक दुवैखाले 'प्रोपर्टी' मा लगानी गरिरहेको बताउँछन्।
उनकै नेतृत्वमा अष्ट्रेलियामा रहेका ४५ जना नेपाली इन्जिनियरको छुट्टै टीमले पनि 'प्रोपर्टी' खरीद–बिक्रीको काम गर्छ। “यही कामबाट कमाएको पाँच मिलियन अष्ट्रेलियन डलर बराबरको खुद सम्पत्ति मसँग छ”, थापा भन्छन्, “योभन्दा महत्वपूर्ण चाहिं अष्ट्रेलियाको मर्गेज ब्रोकिङ र रियलस्टेट व्यवसायमा यस्तो आधार खडा भएको छ, जहाँबाट अगाडि बढ्न अवसर नै अवसर छन्।”
सुन्नेहरूलाई उनको प्रगतिको कथा चमत्कार भन्दा कम लाग्दैन। पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट सिभिल इन्जिनियरिङमा सर्वोत्कृष्ट हुँदै बीई उत्तीर्ण गरेपछि केही वर्ष स्वदेशमै काम गरेका थापा सन् २००६ मा इन्जिनियरिङमै मास्टर्स गर्न मेलबर्न पुगे।
मास्टर्स उत्तीर्ण गरेपछि उनी पीएचडीका लागि सिड्नी आए। फाइनान्समा पीएचडीको पढाइ शुरू गरेपछि उनले काम गरेर कमाएको पैसाले पिज्जा रेस्टुरेन्ट किने। तर रेस्टुरेन्ट घाटामा गएपछि बेचिदिए।
“तपाईंलाई पत्यार नलाग्ला, रेस्टुरेन्टको ऋण तिरेपछि सन् २०१२ को नोभेम्बरमा मसँग जम्मा १२ हजार डलर मात्र थियो”, उनी सम्झ्न्छन्, “श्रीमती–छोराछोरी साथै थिए, त्यसमाथि पढाइ सकिएको थिएन, के गर्ने भन्ने अन्योलबीच शुभचिन्तकहरूबाट पैसा सापटी लिएर मर्गेज ब्रोकिङ शुरू गरें।”
छोटो समयमै यस्तो विघ्न प्रगति कसरी सम्भव भयो त? कतिपयका लागि भाग्य लाग्ला तर थापा स्वयं भने यसलाई अवसरको सदुपयोग भन्न रुचाउँछन्। “एक त यसबीचमा प्रोपर्टी बुम भयो, अर्को अष्ट्रेलियाका नेपालीको घर किन्ने क्रम पनि तीव्र भयो।
यो व्यवसायबाट आएको पैसा प्रोपर्टीमै लगानी गरे, फाइदा दोब्बर भयो”, उनी भन्छन्। इन्जिनियरिङ पृष्ठभूमि र फाइनान्समा पीएचडी गरेको ज्ञान–अनुभवले उनलाई लगानी र पैसा परिचालनमा पोख्त बनाएको छ।
“अब प्रोपर्टी विकास (निर्माण) मा हात हाल्ने योजना छ”, थापा सुनाउँछन्, “त्यसपछि चेन होटल खोल्ने सोच छ।”
अष्ट्रेलियामा कमाइ नेपालमा लगानी
सन् १९९९ मा विद्यार्थीकै रूपमा सिड्नी आएका नवलपरासीका मेघराज श्रेष्ठ (४८) का लागि व्यवसायी बन्ने कुरा कल्पना बाहिर थियो। तर, चार वर्षमा एमबीए उत्तीर्ण गरेपछि उनको बाटो मोडियो। त्यतिञ्जेल कमाएको र पढाइ खर्चबाट जोहो गरेको रकम व्यवसायमा लगाउने निधो गरेका उनले 'माइग्रेसन र एजुकेशन बिजनेश' शुरू गरे।
सन् १९९९ मा विद्यार्थीकै रूपमा सिड्नी आएका नवलपरासीका मेघराज श्रेष्ठ (४८) का लागि व्यवसायी बन्ने कुरा कल्पना बाहिर थियो। तर, चार वर्षमा एमबीए उत्तीर्ण गरेपछि उनको बाटो मोडियो। त्यतिञ्जेल कमाएको र पढाइ खर्चबाट जोहो गरेको रकम व्यवसायमा लगाउने निधो गरेका उनले 'माइग्रेसन र एजुकेशन बिजनेश' शुरू गरे।
सिड्नीको केन्द्रमा श्रेष्ठको 'सिड्नी बिजनेश हाउस' नामको छाता कम्पनी छ, जस अन्तर्गत माइग्रेसन, एजुकेसन र रियलस्टेट व्यवसाय सञ्चालन गर्ने छुट्टाछुट्टै कम्पनी छन्। यो व्यवसायलाई उनले ब्रिसबेन शहरमा पनि विस्तार गरेका छन्।
“यहाँ आएपछि एउटा विद्यार्थीले गर्नुपर्ने सबै खाले संघर्ष गरें”, श्रेष्ठ भन्छन्, “अहिले मसँग २५ मिलियन अष्ट्रेलियन डलरको सम्पत्ति छ, शून्यबाट शुरू गरेको व्यक्तिका लागि यो ठूलै सफलता हो भन्ने लाग्छ।”
मिहिनेत र सही समयमा सही अवसर छोप्नु नै आफ्नो सफलताको सूत्र भएको श्रेष्ठको भनाइ छ। “कमाएको पैसा सही तरीकाले लगानी र परिचालन गर्न सक्नु पनि महत्वपूर्ण कुरा हो”, डेढ दशकमै यो उँचाइ हासिल गरेका उनी भन्छन्, “त्यही ध्यान दिएर मैले प्रोपर्टी बजारमा लगानी गरे, नसोचेको फाइदा हुन पुग्यो।”
नाफाको हिसाबले रियलस्टेट नै उनको मुख्य व्यवसाय हो। तर, अष्ट्रेलियामा रियलस्टेट व्यवसाय क्रमशः उकालो लागेका बेला उनी भने कमाएको पैसा नेपालमा खन्याउँदैछन्।
नेपालमा बृहत् कृषि अनुसन्धान तथा उत्पादन केन्द्र विकास गर्ने हुटहुटीले उनलाई स्वदेश तानेको छ।
गृह जिल्ला नवलपरासीको मध्यविन्दु नगरपालिकाभित्र एकीकृत कृषि केन्द्र स्थापनाका लागि ७२ बिघा जग्गा किनेर पूर्वाधार निर्माणमा उनी खटिसकेका छन्, जहाँ सन् २०२० सम्ममा रु.१ अर्बभन्दा बढी लगानी गर्ने उनको योजना छ।
नेपालमा गतिलो कृषि अनुसन्धान केन्द्र नरहेको अवस्थाले आफूलाई केही गर्नुपर्ने 'रियलाइजेशन' मा पुर्याएको श्रेष्ठको भनाइ छ। “यसैका लागि अहिले धेरैजसो समय नेपालमै बस्छु”, उनी भन्छन्।
डोमिनोजका नेपाली मालिक
२०४६ सालको जनआन्दोलनमा काठमाडौंको दरबारमार्गमा भएको गोलीकाण्डका घाइते हुन्, धर्मराज अधिकारी (४६)। एमालेसम्बद्ध विद्यार्थी संगठनमा आबद्ध उनी त्यसको केही वर्षसम्म राजनीतिमै सक्रिय रहे, सानोतिनो व्यवसाय पनि गरे। सन् १९९६ मा अन्तर्राष्ट्रिय डिग्री लिने आकांक्षासहित उनी बिजनेश स्टडिजका लागि सिड्नी आइपुगे।
२०४६ सालको जनआन्दोलनमा काठमाडौंको दरबारमार्गमा भएको गोलीकाण्डका घाइते हुन्, धर्मराज अधिकारी (४६)। एमालेसम्बद्ध विद्यार्थी संगठनमा आबद्ध उनी त्यसको केही वर्षसम्म राजनीतिमै सक्रिय रहे, सानोतिनो व्यवसाय पनि गरे। सन् १९९६ मा अन्तर्राष्ट्रिय डिग्री लिने आकांक्षासहित उनी बिजनेश स्टडिजका लागि सिड्नी आइपुगे।
तर, तारुका, नुवाकोटका अधिकारीका निम्ति अष्ट्रेलिया बसाइ अर्को ठूलो लडाईं झैं बन्यो। बस्न र पढाइ खर्च जुटाउन उनले सरसफाइ, सेक्युरिटीलगायतका सबै 'हार्ड वर्क' गरे। “पढाइ सिध्याएर नेपाल फर्किहाल्ने विचार थियो”, अधिकारी भन्छन्, “तर, श्रीमती पनि यतै आएपछि यतैको हावापानीमा संघर्ष गर्ने बानी बस्यो।”
पछिल्लो दुई दशकको प्रतिफल, यतिबेला अधिकारी चर्चित अन्तर्राष्ट्रिय चेन 'डोमिनोज पिज्जा' का १२ वटा 'फ्रेन्चाइज' का मालिक बनेका छन्। सिड्नीदेखि पर्यटकीय शहर ओलङ्गनसम्म डोमिनोजका 'फ्रेन्चाइज' हरूमा उनको एकल लगानी छ। छिट्टै अरू दुई फ्रेन्चाइज पनि थप्दैछन्।
२०१२ अप्रिलमा डोमिनोजको पहिलो फ्रेन्चाइज लिएका उनी भन्छन्, “सबै फ्रेन्चाइजबाट वार्षिक २० मिलियन अष्ट्रेलियन डलर जति कारोबार गर्छु”, उनी भन्छन्, “अहिले मसँग १० मिलियन डलर जति खुद सम्पत्ति होला।”
अधिकारीको १२ वटा फ्रेन्चाइजमा करीब ६०० जनाले रोजगारी पाएका छन्, जसमध्ये केही नेपाली छन्। डोमिनोजको मुख्यालयले उनको फ्रेन्चाइजलाई न्यू साउथ वेल्सको उत्कृष्ट स्टोरका रूपमा सूचीकृत पनि गरेको छ। अष्ट्रेलियामा दुईदशक बिताए पनि नेपाली (हरियो) पासपोर्ट बोकिरहेका अधिकारी अक्सर नेपाल पुगिरहन्छन्। भन्छन्, “डोमिनोजका स्टोर नेपालमा पनि खोल्न पहल गरें, तर नेपाल पहिल्यै भारतीय मास्टर फ्रेन्चाइजको क्षेत्रमा परिसकेकालेे प्रयास सफल भएन।”
नेपालमा प्रोपर्टीमा लगानी गरेका उनी अब अरू क्षेत्रमा पनि प्रवेश गर्ने सोच बनाइरहेका छन्।
सिड्नीको 'हाम्रो कलेज'
बिर्तामोड, झापाका दीपक खनाल (५०) ले सिंगापुरमा कम्प्युटर इन्जिनियरिङ पढे। १२ वर्ष सिंगापुर बस्दा साझेदारीमा आइटी कलेज चलाए, रियलस्टेट व्यवसाय गरे। तर, त्यसले उनलाई सन्तुष्टि दिएन। कारण थियो– शैक्षिक उन्नयनमा लागेको उनको पुर्ख्यौली विरासत।
बिर्तामोड, झापाका दीपक खनाल (५०) ले सिंगापुरमा कम्प्युटर इन्जिनियरिङ पढे। १२ वर्ष सिंगापुर बस्दा साझेदारीमा आइटी कलेज चलाए, रियलस्टेट व्यवसाय गरे। तर, त्यसले उनलाई सन्तुष्टि दिएन। कारण थियो– शैक्षिक उन्नयनमा लागेको उनको पुर्ख्यौली विरासत।
उनको जिजुमुमा (बुबाको हजुरआमा) गोमादेवी र जिजुबुबा इन्द्रमा उबेलै शिक्षाको विकास गर्नुपर्छ भन्ने चेत थियो। त्यही भएर जिजुमुमा–बुबाको सम्झ्नामा खनाल परिवारले झापामा गोमेन्द्र कलेज स्थापना गरे।
कलेज सञ्चालनकै लागि भनी खनालले सिंगापुरबाट झापा फर्किने निधो गरे। तर, ब्यांकबाट ऋण लिएर कलेज स्तरोन्नति गर्ने उनको योजना परिवारबाटै अस्वीकृत भयो।
“परिवारले शिक्षालाई व्यापारको माध्यम बनाउनुहुन्न भने पनि कलेज चलाउने मेरो मन थामिएन, विदेशमा गएर पढ्छु र कलेज चलाउँछु भनेर अष्ट्रेलिया आएँ”, सन् २००६ मा मास्टर्स इन प्रोफेसनल अकाउन्टिङ पढ्न सिड्नी ओर्लिएका खनाल भन्छन्, “अन्ततः लामो संघर्षपछि कलेज सञ्चालन गर्ने अवस्थामा पुगें।”
सिड्नीको बोन्डाइमा २०१३ देखि सञ्चालनमा आएको 'हाम्रो कलेज' का सञ्चालक उनै खनाल हुन्। यो कलेजमा बिजनेश, अकाउण्टिङ, आइटी र लीडरसिप एण्ड म्यानेजमेन्टमा सटिर्फिकेट लेबलदेखि एडभान्स्ड डिप्लोमासम्म पढाइ हुन्छ, जहाँ यतिबेला २४ देशका करीब २०० विद्यार्थी छन्।
करीब ६० प्रतिशत त नेपाली नै छन्। आइटी र अकाउन्टिङमा ब्याचलर तहको पढाइ शुरू गर्न उनले अनुमति लिने प्रक्रिया शुरू गरिसकेका छन्।
“पत्याउनुहुन्न होला, सिड्नी आएको एक वर्षपछिको एक दिन मसँग एक डलर पनि थिएन”, खनाल भन्छन्, “तर, अहिले मसँग चार मिलियन अष्ट्रेलियन डलरभन्दा बढीको सम्पत्ति छ।” उनले यहाँ कमाएमध्येको केही झापाका सरकारी विद्यालयको स्तर सुधारमा पनि खर्च गरिरहेका छन्।
निर्माणपछि शिक्षामा
दोलखाका दीपक खड्का (६०) ले ३४ वर्षअघि हङकङ जाने निधो गर्दा त्यहाँ विमानस्थललगायतका ठूला पूर्वाधार विकासको काम तीव्र थियो। उनले त्यहीबेला नाम र दाम कमाए। खड्का सम्झ्न्छन्, “१९९६ तिर मासिक तलबबापत मात्र ४५ मिलियन हङकङ डलर वितरण गर्थें।”
दोलखाका दीपक खड्का (६०) ले ३४ वर्षअघि हङकङ जाने निधो गर्दा त्यहाँ विमानस्थललगायतका ठूला पूर्वाधार विकासको काम तीव्र थियो। उनले त्यहीबेला नाम र दाम कमाए। खड्का सम्झ्न्छन्, “१९९६ तिर मासिक तलबबापत मात्र ४५ मिलियन हङकङ डलर वितरण गर्थें।”
हङकङको पूर्वाधार विकास उच्चतम विन्दुमा पुगेपछि र बालबच्चा हुर्कंदै गएपछि उनको सोचाइ पनि फेरिंदै गयो। १९ वर्षको हङकङ बसाइ उनका लागि 'पर्याप्त' भइसकेको थियो। अन्ततः खड्काले अष्ट्रेलिया आउने निधो गरे।
२००३ मा अष्ट्रेलिया आएका उनी 'रिटायर्ड' मूडमा थिए, गल्फ खेलेर समय बिताउँथे। एक वर्षपछि नर्थ सिड्नीको केन्द्रमा उनले घर किने। घर किनिसकेपछि के गर्ने भनेर सोच्दै जाँदा कलेज खोल्ने सोचाइ आयो। अनि जन्मियो– क्राउन इन्स्टिच्यूट।
८ वर्षअघि खुलेको यो कलेजमा अहिले १७ देशका करीब आठ सय विद्यार्थी अकाउन्टिङ र लीडरसिप एण्ड म्यानेजमेन्ट विषय पढ्छन्। गुणस्तरीय शिक्षा विस्तारका लागि कलेज भवनसँगै जोडिएको अर्को भवन पनि उनले किनिसकेका छन्।
रिटायर्ड मूडमा अष्ट्रेलिया आए पनि पुनः रियलस्टेट व्यवसायमा हात हालेका खड्का नेपालमा समेत लगानी गर्दैछन्। “उमेरले पनि हामी रिटायर्ड अवस्थामा पुगिसक्यौं, अष्ट्रेलियामा अहिले थुप्रै नेपाली युवाले गज्जबको प्रगति गरेर देखाएका छन्”, सिड्नीस्थित नेपालका अवैतनिक महावाणिज्यदूत समेत रहेका खड्का भन्छन्, “केही लगानी र सामाजिक काममा मेरो चाहिं धेरै समय नेपालमै बित्न थालेको छ।”
पछ्याउँदै, फैलिंदै
अष्ट्रेलियामा व्यवसायीको परिचय बनाउने नेपालीको संख्या थपिंदै गएको छ। यहाँको दोस्रो ठूलो शहर मेलबर्नमा जमेका व्यवसायी चन्द्र योञ्जनले गुर्खाज रेस्टुरेन्टको 'चेन बिजनेश' पछि 'रोयल गुर्खाज इन्स्टिच्यूट अफ टेक्नोलोजी' सञ्चालन गरिरहेका छन्।
सिड्नीमा 'प्यासिफिक कलेज अफ टेक्नोलोजी' सञ्चालन गरिरहेका प्रदीप ढकाल र अष्ट्रेलियन हार्बर इन्टरन्याशनल कलेज चलाइरहेका सुमन भेटवालले समेत एजुकेशन बिजनेशमा आफूलाई स्थापित गरेका छन्। हस्पिटालिटी बिजनेशमा जमेका रुद्र पौडेलले सिड्नीमा 'रेड रुस्टर' का १० वटा चेन स्टोर सञ्चालन गरिरहेका छन्।
कृषिमा समेत नेपालीको उपस्थिति बाक्लिन थालेको छ। १९ वर्षअघि अष्ट्रेलिया आएका बद्री दाहालले नेपालमा कृषि परियोजना सेवा केन्द्रमा काम गरेको अनुभवको उपयोग गर्दै सिड्नीको पश्चिम लिभरपुलमा कृषि फार्म सञ्चालन गरेका छन्।
'गार्डेनिङ र ल्याण्ड स्केपिङ' व्यवसायमा संलग्न दाहालले शुरु गरेको कृषि फार्मकै कारण अहिले सिड्नीका नेपाली ग्रोसरी पसलहरूमा फर्सीका मुन्टा, रायो, चम्सुर, पालुंगो, मेथीको साग, तिते करेला, भिण्डी पाइन थालेका छन्। मकवानपुरका युवराज केसीले पनि क्वीन्सल्याण्डमा कृषि फार्म सञ्चालन गरिरहेका छन्।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें