सही व्यवसायको छनोट गर्नु सजिलो हुँदैन । व्यक्ति–व्यक्तिको उद्देश्य, उसँग भएको खुबी, कमजोरी, स्रोत,
उपलब्ध साधन, उसको इच्छा, आकाङ्क्षा, चालचलन र व्यवहार फरकफरक हुने हुनाले एक व्यक्तिको
लागि उपयुक्त व्यवसाय अर्को व्यक्तिको लागि अनुपयुक्त पनि हुनसक्छ । मानिसले आफ्नो इच्छा÷चाहना
र उद्देश्यअनुसार उसको भविष्यको लागि लक्ष्य तय गरेको हुन्छ । तसर्थ, व्यवसायको प्रारम्भिक छनोटदेखि नै
आफूले जीवनमा आशा राखेका कुराहरू र भावी लक्ष्यसँग तालमेल मिलाई व्यवसाय छनोट गर्नु पर्ने हुन्छ ।
व्यवसायमा सबैभन्दा महत्त्वपूर्ण कुरा त व्यक्तिगत इच्छा नै भएकाले आफूलाई कुन व्यवसायमा कत्तिको मिहेनत
गर्न मन लाग्छ । त्यो काममा आफू कति रमाउँछ ? त्यो विचार गर्नु पर्छ । त्यसपछि उक्त व्यवसाय गर्दा
समाजमा आपूmले चाहेका व्यक्तिहरूसँग परस्पर सहयोग पाउन सकिन्छ वा सकिँदैन र त्यसैगरी आशा गरे
अनुरूप व्यवहार, वा सहयोग पाउन सम्भव छ कि छैन ? जस्ता कुराहरू माथि विचार पु¥याउनु आवश्यक छ ।
पारिवारिक वातावरण र पारिवारिक सम्बन्धले पनि व्यवसायमा असर पार्ने हँुदा आपूmले पारिवारिक सम्बन्ध
कस्तो चाहेको छ र प्रस्तावित व्यवसायको स्थापनाले पारिवारिक मूल्य, मान्यता र सम्बन्धमा कस्तो असर पार्छ
विचार गर्नु पर्दछ । पारिवारबाट नैतिक, आर्थिक लगायतका सहयोग प्राप्त हुने भए अझ राम्रो हुन्छ । यसबाहेक
आफूले जीवनमा आर्थिक हिसाबले पुग्न चाहेको स्तरसम्म त्यो व्यवसाय गर्दा पुग्न सकिएला कि नसकिएला
जस्ता कुराहरू पनि विचार गरेर सोही अनुसार व्यवसायको छनोट गर्नु आवश्यक हुन्छ ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें