काठमाडौं । लघु उद्यम विकास कार्यक्रम (मेडेप), गरिबी निवाकरणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) र स्थानीय निकायले १ लाख ३० हजार ४७१ लघु उद्यमी श्रृजना गरेको जनाएको छ । सोमबार काठमाडौंमा उद्योग मन्त्रालयले आयोजना गरेको उद्योग तथा उघमशीलता र लघु उद्यम विकास मोडेल सम्बन्धि अभिमुखीकरण कार्यक्रममा उद्योग मन्त्रालयको सह सचिव तथा मेडेप÷मेडपा कार्यक्रमको राष्ट्रिय कार्यक्रम निर्देशक प्रदिप कुमार कोइरालाले कार्यक्रमहरुको प्रगतिमाथि प्रकाश पारेको थिए ।
उनले विगत १८ वर्षको कार्यक्रम अबधिमा करिब साढे १ लाख उद्यमी मुलुकमा उत्पादन गरेको बताए । उल्लेखित उद्यम विकास कार्यक्रम र स्थानीय निकायहरुबाट १ लाख ४५ हजार ३७० लद्यु उद्यमी श्रृजना गर्ने लक्ष्य रहेकोमा ९० प्रतिशत प्रगति भएको दावी गरे ।
गरिबीको रेखामुनी रहेका तथा सामाजिक रुपमा पिछडिएका वर्गलाई रोजगारी तथा स्वरोजगार प्रवद्र्धन गर्ने उद्देश्यले मेडेप सन् १९९८ देखि नै सञ्चलनमा आएको बताइएको छ । जसलाई अष्ट्रेलियन एड र युएनडीपीको आर्थिक तथा प्रविधि सहयोग गरेको छ । मेड्पा भने, नेपाल सरकारकै लगानीमा ५ वर्षअघिदेखि मुलुकका विभिन्न जिल्लाहरुमा सञ्चालनमा ल्याइएको हो ।
“देशमा जबसम्म लघु, घरेलु तथा साना उद्योगको विकास हुँदैन तबसम्म मझौला तथा ठूला उद्योगहरुको समेत विकास सम्भव छैन” सहसचिव कोइरालाले भने “किनकी ठूला उद्योगहरुलाई आवश्यक पर्ने कच्चा पदार्थहरु स्वदेशमै उत्पादन गर्नपर्छ । बाहिरबाट ल्याएको कच्चा पदार्थको मूल्य महंगो हुनका सथौ रोजगारी श्रृजना हुँदैन ।”
उनका अनुसार कार्यक्रमले स्थानीय स्रोत, सीप र साधनको उपयोग गर्ने, रोजगारीको श्रृजना हुने, महिला र पछाडी परेका समुदायको आर्थिक सशक्तिकरण गर्ने महत्वपूर्ण भूमिका खेलेको छ । उनले लक्षित समूहको चाहना, बजारको सम्भावना तथा स्थानीय श्रोतको उपलब्धताको आधारमा कार्यक्रम सञ्चालन गरेको जनाए ।
स्थानिय आर्थिक विकासमा ग्रामिण बजार केन्द्रीत रहेर लघु उद्यमको विकास गर्न पर्नेमा उनको जोड थियो । स्थानिय निकायमा मोबाइल मर्मत, कपाल काट्ने, सिलाइ बुनाई, ब्युटी पालर, घडी मर्मत, स्टेशनरी लगायतमा राम्रो सम्भावना रहेको उनको बुझाइ छ ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें