सोमवार, 22 अक्टूबर 2018

म सक्छुु,म गर्छुु, म बन्छुु एक सफल उद्यम व्यवसायी-डा. प्रदीपमान तुलाचन

अमेरिकाको कोर्नेल युनिभर्सिटीबाट पिएचडी गरेर अर्थविद् तथा साहित्यकारका रुपमा परिचित डा. प्रदीपमान तुलाचन विभिन्न अन्तर्रा्ष्ट्रिय संघ संस्थामा सल्लाहकारका रुपमा काम गरिसकेका उनले नेपालको स्थानीय क्षेत्रमा विकास हुनुपर्ने आवाज उठाउदै आइरहेका छन् । उहाँले प्राविधिक क्षेत्रमा सात अन्तर्रा्ष्ट्रिय स्तरका किताब प्रकाशित गरिसक्नु भएको छ । ‘आस’ र ‘भोटखोला’ उपन्यास नेपाली भाषामा प्रकाशित छन् । अर्थ्विद्का रुपमा चिनिएका डा. तुलाचन साहित्य हुदैं अहिले राजनीतिमा लागेका छन् । कुनै समय हिमाली क्षेत्रमा सशक्त राजनीतिक शक्तिको आवश्यकता रहेको बताउँदै नयाँ दलको योजनासमेत बनाएका तुलाचन हाल नयाँ शक्ति नेपालका श्रम, सहकारी तथा स्वरोजगार विभागका संयोजक हुन् । बेरोजगार अन्त्यका लागि स्थानीय क्षेत्रमै रोजगारका प्रशस्त सम्भावना रहेको बताउने तुलाचनसँग साझापटीका लागि संवाददाता वसन्त खड्काले गरीएको कुराकानी :
तपाईलाई करिअर के हो जस्तो लाग्छ ? 
मलाई चाहि करिअर भनेको एउटा मान्छेले आफ्नो जिन्दगीमा के गर्ने त्यो सँग सम्बन्धित जस्तो लाग्छ । अब यसमा दूइ वटै आउँछ – दाम पनि आउँछ र नाम पनि आउँछ । जस्तो कि कुनै युवाले पहिला उसले आफ्नो पढाइमा राम्रो गर्नु प¥यो, त्यस पछि उसको इच्छा अनुसार अथवा बजारमा पाएको मौका अन्ुसार उसले कुनै किसिमको जागिर गर्नु प¥यो । त्यसमा नै उसले आफ्नो करिअर डिल गर्न सक्नुपर्छ अथवा उसले कुनै रोजगार गरेर कुनै स्वरोगार भएर आफै उद्यमी÷व्यवसायी भएर पनि उसले आफ्नो करिअर सुरुवात गर्न सक्छ । यो व्यक्तिगत छनौट (Individual Choice) को कुरा हो । त्यसको लागि मेरो विचारमा अहिलेको युवाहरुले खास गरी आफ्नो इच्छा आकाङ्गक्षा र दक्षता अनुसार सपना देख्ने, त्यस अनुरुपको क्षेत्र छान्नेर आफ्नो करिअर निर्माण गर्नुपर्छ । आफ्नो सपना अनुसार कोही इन्जिनियर बन्न चाहान्छन, कोही डाक्टर बन्न चाहन्छन, कोही प्रोफेसर बन्न चाहन्छन, परराष्ट्रमन्त्रालयमा काम गर्न चाहन्छन त कोही कृिषमा इच्छुक हुन सक्छन । त्यही अनुसार पहिला पढ्ने गर्छन र पछी गएर जागिर अथवा कुनै उद्यमी व्यवसायमा लाग्न सक्छन् । त्यसलाई नै करिअर भनिन्छ ।
करिअरलाई नाम सँग जोड्ने कि काम सँग जोड्रने ? 
मेरो अनुभव अनुसार करिअरलाई कामसगँ जोड्नुपर्छ किनभने मान्छेले आफ्नो करिअर सर्ब उत्तम तब हुन्छ, जब उसले आफुले गरेको काममा सफलता हासिल गर्छ । उसले सफलता हासिल गर्न धेरै मिहेनत गर्नुपर्छ । उसले धेरै खट्नु पर्ने हुन्छ । कामको प्रकृति अनुसार जबसम्म उसले कामलाई नै राम्रोसँग अगाडी नबढाइकन केही उपलब्धी गर्न सक्दैन भने उसको नाम पनि हुदैन दाम पनि हुदैन् । यसैकारण पहिलो चाहि काममा नै लगनशील भएर आफ्नो करिअरलाई डिल गर्नुपर्छ । व्यक्तिलाई नाम पनि चाहिन्छ दाम पनि चाहिन्छ । यि दूवैलाई मिलाएर करिअर बनाएमा नाम पनि हुन्छ दाम पनि हुन्छ ।
तपाईको विचारमा करिअर भित्र समेटिने क्षेत्रहरु के–के हुन जस्तो लाग्छ ? 
त्यो मैले पहिला पनि भने करिअर भन्नाले सिर्फ हुने–खानेहरुको छोरा छोरीको कुरा गरेर मात्र भएन हुने–खानेहरुको बुबाआमासँग सम्पति छ, त्यसैले उनीहरुले राम्रो शिक्षा हासिल गर्न सक्छन् अनि डाक्टर, इन्जिनियर, प्रोफेसर अथवा कुनै विज्ञ हुन सक्लान् त्यो नभए पनि बुबाआमाको उद्योगधन्दा सम्हाल्न अथवा उद्यमि हुन सक्छन् तर यहाँ नेपालको अधिकांस जनताका छोराछोरीहरुसँग त्यस्तो सम्पति हँुदैन । त्यसै कारणले उनीहरुको लागि करिअर चाहियो तर करिअर भनेको कस्तो चिज हो भने जस्तो सुकै काम गरे पनि उसले त्यसमा गर्व गर्न सक्नुपर्छ । अहिलेको हाम्रो देशमा हाम्रो समाजमा पढेलेखेका मान्छेहरुमा जुन प्रकारले परिश्रम गर्दाखेरी इज्जत जान्छ भन्ने सोच छ, यस्तो मानसिकतालार्ई अव हटाउन सक्नुपर्छ । हाम्रो समाजमा सर्वसाधरणका छोराछोरीले अलिकति पढेलेखेपछि गाउँ घरमा हलो जोत्ने काम, वारीमा जाने काम तथा झाड उखाल्ने कामलाई लाज मानेको पाइन्छ तर यो एकदमै दुःखद कुरा हो, किनभने किसानी तथा पशुपालन पनि एउटा करिअर हो । त्यसकारण जो जुन क्षेत्रमा लाग्छ, उसको करिअर त्यहि नै हो । कतिपय व्यक्तिको मामिलामा आफ्नो करिअर निर्माण गर्दाखेरि आफुले रुचि राखेको काम चाहेर पनि नहुन सक्छ । उदाहरणका लागि कतिपयका छोराछोरीहरु डाक्टर, इन्जिनियर बन्न खोज्छन् तर उनीहरुसँग पैसा हुदैन्, अनि वाध्यताले अर्को करिअर रोज्नुपर्ने अवस्थाहरु पनि हुन्छ । यस्तो अवस्थामा मुख्य कुरा के सोच्नु प¥यो भने, जस्तो सुकै करिअर रोजे पनि आफूले त्यसलाई अंगाल्नु सक्नुप¥यो, अनि कुनै पनि कामकाज प्रति हिनताबोध गर्नुभएन । आखिरमा जुनसुकै क्षेत्रमा काम गरेता पनि त्यसमा लगनसिल भएर लाग्यो भने मात्र त्यसमा सफल भइन्छ । त्यसैकारणले जुन क्षेत्रमा चाहि आफूले आफनो ज्ञान तथा सिप बढाएर जति लगनसिल भएर काम गर्न सक्यो, त्यती नै आफ्नो करिअर बन्दै जान्छ ।
करिअर योजना तथा विकासका लागी शिक्षा र रोजगारीको भूमिका के–कस्तो रहन्छ ?
अव यसमा आधुनिकताको कुरा आउँछ । अहिले संसारभरि नै जसले राम्रो शिक्षा हासिल गर्छ, उसले राम्रो रोजगारी पाउनु स्वभाविक नै हो किनभने राम्रो रोजगारी अवसरको लागी राम्रो पढेलेखेको, यसमा पनि अझै Intellegent मान्छेहरु चाहिएकोे हुन्छ । यस कारण जवसम्म तपाईले राम्रोसँग शिक्षा आर्जन गर्नका साथै ज्ञान–सीप तथा दक्षता हासिल गर्नु हँुदैन्, तबसम्म तपाईले रोजगार मार्केटमा प्रतिस्पर्धा गर्दाखेरि आफूले चाहेको काम नपाउन पनि सकिन्छ । त्यसकारण शिक्षाको त सवभन्दा ठूलो भूमिका रहन्छ । फेरि यसको मतलव यो हैन् कि शिक्षा नै सबै थोक हो ।संसारका कतिपय देशमा शिक्षा नपाएका मान्छेले आफनो मिहेनत तथा लगनसिलताले गर्दाखेरि उसले ठूला ठूला आविस्कार गर्नका साथै ठूल ठूला उद्योगपति बनेका उदाहरणहरु पनि छन् । सामान्यतया सबैको लागि सजिलो उपाय चाहि के हो भने राम्रो शिक्षा हासिल गरेर नै आफ्नो ज्ञान तथा सीपका पक्षलाई अगाडि बढाउन सक्ने भएका कारणले उसको स्वत:  अरुमा भन्दा राम्रो रोजगार पाउने अवसरको संम्भावना हुुन्छ ।
नेपालमा युवालाई रोजगार तथा स्वरोजगारका लागी आवश्यक पर्ने ज्ञान, सीप तथा दक्षता के – कसरी दिन सकिन्छ ?
मेरो अध्ययन र अनुभवबाट के अनुभव गरे भने यसमा विशेष गरेर हाम्रो सरकारले ध्यान दिनुपर्ने हो तर ध्यान दिएको र्छैन् । अहिलेका युवाहरु किन विदेश जान्छन् अनि किन देशभित्र नै वसेर उनीहरुले केहि उद्योमी व्यवसाय गर्न सक्दैनन् ? यसको लागि उनीहरुलाई चाहिने ज्ञान,सीप तथा दक्षता दिने खालको संघ संस्थान चाहिएको छ, जसमा सरकारले अहिलेसम्म कुनै पनि किसिमको चासो देखाएको छैन् । यसकारण मेरो सोचाईमा युवाहरुलाई स्वरोजगार वनाउनको लागी हामीले एउटा राष्ट्रिय स्तरमा राष्ट्रिय युवा व्यवसायिक ज्ञान, सीप तथा दक्षता विकास केन्द्र खोल्नुपर्ने आवश्यकता रहेको छ । अहिले विदेशमा जानुको मुख्य कारणमा ९० प्रतिशत युवाहरुमा दक्षता नभएर बैदेशिक रोजगारका लागि विदेश पलायन भै राखेका छन् । नेपालमा उनीहरुले केहि ज्ञान, सीप तथा दक्षता हासिल गर्ने हो भने नेपालमा नै बसेर पनि केहि आफै स्वरोजगार बन्न सक्छन् । अधिकत्तम नेपाली ३० हजार कमाउनलाई अरव भूमिमा जानुपर्ने हुन्छ तर यस समस्याको जड सत्तामा वसेकाहरुले युवा केन्द्रित कार्ययोजना आर्थिक विकास निर्माणको मार्गचित्र बनाइरहेका छैनन् । नेपालका राजनीति पार्टीहरुले युवालाई झन्डा बोकाउने सोचमा मात्र केन्द्रित गरि राखे तर युवाहरुलाई कसरी स्वरोजगार वनाउने भन्नेमा सरकारले कहिले पनि सोच्न नसकेको अवस्था रहेको छ ।
तपाई कृषि अर्थ विज्ञ तथा साहित्यकार अनि नयाँ शक्ति नेपालको श्रम सहकारी तथा स्वरोजगार विभागको प्रमुख पनि हुनुहुन्छ । नेपालमा वेरोजगारीको समस्या जटिल हुदै गएको छ आफनो करिअर कुन क्षेत्र भन्नेमा आम विद्यार्थीहरु अन्यौलमा छन् । यि यस्ता समस्याहरुलाई कसरी समाधान गर्न सकिन्छ ? र तपाईको कार्ययोजना के रहेको छ ?
नेपालको समृद्धिका लागि घरेलु तथा परम्परागत उद्योगधन्दाभन्दा पनि ठुलो परियोजना (Mega Project) आवश्यक पर्छ । अहिलेसम्म त्यस्ता परियोजना नेपालमा सञ्चालन हुन सकेका छैनन् । सरकार र निजी क्षेत्रले हजारौँ युुवालाई एउटै ठूला परियोजना र कम्पनीमा रोजगार सिर्जना हुने गरी परियोजना सञ्चालन गर्न नसक्दा खुद्रे योजनाले समृद्धिको नारा बेकार बनाउँछ । युवाशक्ति अहिलेका लागि राष्ट्रको शक्ति हो । युवालाई रोजगार दिन सकियो भने राष्ट्रलाई समृद्धिको बाटोतिर लैजान सकिन्छ र विकास निर्माण स्वतस् उचाई तिर जान्छ । त्यसकारण युवालाई कसरी विकास निर्माणका ठूला परियोजना र कार्यक्रममा सहभागी गराउन सकिन्छ भन्ने सोचको विकास गर्न आवश्यक पर्छ । देशको विकास र युवा लक्षित कार्यक्रमका लागि पूर्वाधार निर्माण पहिलो प्राथमिकता हुनुपर्छ । त्यस्ता परियोजनामा शिक्षित, सीपयुक्त, अर्धसीपयुक्त र सीपविहीन सबै प्रकारका युवाले अवसर पाउँछन् । त्यस्ता युवामा प्राविधिक र गैर प्राविधिक दुवै पर्छन् । त्यसकारण सरकारले प्राथमिकताका साथ ठूला रेलवे, पुल–पुलेसा, जलविद्युुत् आयोजना, सडक लगायत पूर्वाधार योजना बनाउन आवश्यक छ । ती परियोजना निर्माण गर्न युवालाई सहभागी गराईकन आर्थिक विकास गर्न युवाशक्तिलाई सहभागी गराउन आवश्यक छ । यस किसिमको कार्यबाट अवको १० वर्षभित्र ४० लाख युवाहरुलाई रोजगार दिन सक्छौ । अर्को कुरा हामिले म सक्छु म गर्छु भन्ने हिम्मत गरेर लागियो भने त्यो मान्छे कहिले पनि असफल हुँदैन् । यदि आट हिम्मत भएन भने तपाईसंग जति पैसा भए पनि कामहरु गर्न सक्नु हुन्न । उदाहरणका लागि सरकारले Unqualified Compact Maoist लाई २ लाख त दियो तर त्यो २ लाख के गर्ने त उनीहरु दोधारमा परिराखेका छन् । यो त हामी खाएर सक्छौ, हामीलाई कुनै उद्योग व्यवसायमा लगाएको भए हामीलाई सजिलो हुने थियो कि भनेर मलाई प्रश्न गरिरहे । यहाँ त के छ भने कसैसंग पैसा छ सिप छैन्, सिप छ पैसा छैन् । यसै अन्र्तगत म किताब लेख्दै छु :– म सक्छु म गर्छु । म बन्छु, एक सफल उद्यमी व्यवसायी । अहिले हामीले पार्टीको तर्फबाट तीनवटा कार्यक्रम तत्काल सञ्चालनमा ल्याउँदैछौ :– उत्पादन र युवा स्वरोजगार केन्द्र, दोस्रो स्मार्ट बिजीनेस सहकारी व्यवस्थापनको विकास, तेस्रो कार्यक्रम म सक्छु, म गर्छु युवा व्यावसाय । यसबाट हामीले अधिराज्यभरमा रहेका युवाहरुलाई कसरी स्वरोजगार गर्न सक्छौं । त्यसमार्फत ज्ञान, ऋण, प्रोत्साहन दिन सकिन्छ । सहुलियतपूर्ण ऋण, कच्चा पदार्थ आवश्यक पर्छ । यसले बनाएको उत्पादनलाई गुणस्तरीय बनाउने, बजारीकरण र स्मार्ट बिजीनेस कोअपरेटिभबाट गर्न सक्छौं । व्यवस्थापनमा सहयोग गर्छौं । कुनै व्यावसाय गर्न प्रोत्साहित गर्दछौं ।
तपाईले अध्ययनका क्रममा आर्जन गर्नु भएको शैक्षिक ज्ञान तथा व्यवहारिक सीपहरु के कस्ता थिए ? ती ज्ञान तथा सीपहरु करिअर योजना तथा विकासका क्रममा कत्तिकोे उपयोगी भए ?
म त एउटा विकट ठाउँको मान्छे हुँ । मलाई मुस्ताङबाट पोखरा आउन ७ दिन लाग्थ्यो । म पोखरामा पढेरै भए पनि मेरो एउटा लक्ष्य, मेरो मिहितले गर्दा मैले एसएलसी पास गरे । त्यसपछि विएस्सी एग्रिकल्चर पढ्नको लागी बि.सं २०२७ सालतिर युनिन्वाइज विश्वविद्यालयमा मास्टर गर्न गए । फूल स्कोलरसिपमा भारत गए, भारतबाट आएर कृषि क्याम्पस रामपुर चितवनमा ५ वर्ष लेक्चर भएर काम गरे । त्यसपछि म फेरि फूल स्कलशरसिपमा अमेरिकाको कोर्नेल युनिभर्सिटिमा मास्टर र पिएचडि गर्न गए, र विभिन्न अन्र्तराष्ट्रिय सघं सस्थाहरुमा २५ वर्ष सम्म काम गरे तर के हुन्छ भने यो एकेडेमिक क्वालीफीकेसनबाट मैले जति शिक्षा ज्ञान हासिल गरे, त्यो एकेडेमिक ज्ञान, सिप तथा दक्षता चाहि जागीरको क्रममा अन्तराष्ट्रिय सघं सस्थाको उच्च स्तरिय पदमा बस्दा प्रयोग गरे ।
मेरो अनुभवको कुरा के हो भने हामीलाई किताबी ज्ञान अर्थात एकेडेमिक ज्ञान मात्र भएर हुँदैन । हाम्रो किताबी ज्ञानले चाहि फिल्डमा काम गर्दा मद्धत गर्छ । फिल्डमा काम गरेको ज्ञानले चाही हामीलाई साच्चिकै उत्पादन बढाउनको लागी अथवा नाफा बढाउनको लागी अथवा उद्योेगलाई राम्रोसँग चलाउनको लागी मद्धत गर्दछ । मैले नेपालको धेरै उद्योगपतिहरुसँग भेटघाट गर्दा खेरी कतिपयमा आफ्नो ब्यवसायिक तथा ब्यवस्थापनको ज्ञान नभएकोले धेरैले मुडे बलमा चलाएका छन । ब्यवस्थापन नपढेका तथा किताबी ज्ञान नपाएकाहरुले चलाए पछि तिनिहरुलाई चलाउन धेरै गाहे हुन्छ र सिकाए पनि सिक्न धेरै समय लाग्छ । कतिलाई सिकाएको कामकुरा बुझ्न गाहे पर्छ । एकेडमिक ज्ञान पाइसकेका मान्छेलाई सिक्न कम समय लाग्छ । यसै कारणले अमेरिका, युरोप तथा जापान तिर एम.बि.ए पढ्छन र ठुलो ठुलो कम्पनी खोल्छन् । मेरो विचारमा पहिला किताबी ज्ञान जरुरी हुन्छ र त्यसपछी व्यवहारिक ज्ञानमा जान सक्नुपर्छ । यसरी दुबै ज्ञानबाट मात्र एउटा सफल प्रोफेसनल ब्यक्ति बन्न सकिन्छ ।
एसएलसी परीक्षा र्उितर्ण गरेर श्रम बजारमा आउने युवाको संख्या वर्षमा ६ लाख हाराहारीमा छ । अनि वर्षमा साढे चार लाख बैदेशिक रोजगारमा जान्छन यिनीहरुको नेपालमा करिअर नभएर विदेशिका हुन ? 
नेपालमा औपचारिक र अनौपचारिक क्षेत्रमा वार्षिक करिब ६० हजार युवाले अवसर पाउँछन् । त्यसरी हेर्दा वर्षमा एक लाख युवा पूर्णतस् बेरोजगार हुन्छन् । त्यसरी बाहिरिने युवाबाट वर्षमा करिब सात खर्ब रेमिट्यान्सका रूपमा नेपाल भित्रिन्छ, । अनि यससँगै अर्को तथ्यांक जोडेर विश्लेषण गर्न आवश्यक हुन्छ । गतवर्ष मात्रै उच्च शिक्षाका लागि ३२ हजार चार सयले बिदेसिने भन्दै शिक्षा मन्त्रालयबाट ‘नो अब्जेक्सन लेटर’ लिएका थिए । उनीहरूबाट वर्षमा करिब १९ अर्ब बिदेसिएको छ । यसैसँग जोडिने तर केही वर्षअघि सार्वजनिक भएको नेपालको अर्थतन्त्रसम्बन्धी एउटा तथ्यांकले भन्छ – नेपालमा विदेशी अनुदान वर्षमा करिब ३५ अर्ब आउँछ र नेपालबाट वर्षमा करिब ६३ अर्ब बाहिरिन्छ । नेपालको समृद्धिका लागि यसरी बाहिरिने रकम र युवाको संख्यालाई कसरी नेपालमै उपयोग गर्न सकिन्छ ? बहस यहीँबाट सुरु गर्नुपर्ने हुन्छ । युवाहरुलार्इृ कसरी सम्वृद्धिमा लगाउने यिनीहरुलाईृ रोजगार दिलाउन सरकारले के–कस्तो भूमिका खेल्नुपर्छ ? यसमा राज्यको कुनै पनि निकायमा ध्यान गएको छैन् । युवा स्वरोजगारका कार्यक्रम ल्याउने उनिहरुको हेक्का नै भएन । अब म त के भन्छु भने नेपालमा धेरै सम्भावनाहरु र अवसरहरु छन ।सरकारको माध्यमबाट प्राइभ्रेट सेक्टरहरुलाई इन्सिन्टिट दिएर धेरै अवसर सृर्जना हुन सक्ने स्थिति मैले देखेको छु, तर त्यो किसिमको अवसरहरु सरकारले कसरी सिर्जना गर्ने भन्ने कुनै कार्य योजना तथा मार्ग चित्र नबनाएको हुनाले अवसरको सदुपयोग भएन । सरकारसँग राम्रो नीति तथा कार्ययोजना हुृने र त्यही अनुरुप ज्ञान तथा सीप प्रदान गर्ने संघसंस्था निर्माण गर्ने हो भने विभिन्न क्षेत्रमा लाखै युवाहरुलाई रोजगार दिन सक्छौ । अब सबभन्दा सजिलो कुरा के छ भने यस मामिलामा कुनै पनि सरकारबाट यस किसिमको पहल नभए पछी जनताको छोरा छोरीले के गर्छन ? उनीहरुले केही देख्दैनन्, त्यसैले सबैभन्दा सजिलो मेनपावर कम्पनीको पछी लागेर दुई चारलाखका लागि आफ्नो घर जग्गा बैकमा राखेर हुन्छ कि खेतबारि धितोमा राखेर हुन्छ की बैकबाट ऋण लीएर विदेश जाने वाध्यता भएको हो ।
विद्यार्थी जीवनबाट रोजगारीमा लाग्दाको उत्तार चढाव के कस्ता आएका थिए ?
मैले बास्तवमा रोजगारीको लागी त्यति समस्या भोगिएन, मैले जहा Apply गरे पनि प्रतिस्पर्धा गरेर नै छनौट भए । मैले कहि पनि सोर्स र्फोस लगाएको छैन । मेरो योग्यताले नै गर्दा खेरी मलाई उत्तार चढाव पनि केही भएको छैन । मैले विदेशमा राम्रो राम्रो जागीर पाएको थिए तर विदेशमा बस्ने इच्क्षा नभएकोले नेपालमा नै बस्ने सोचका साथ नेपाल फर्कियो । मैले नेपालमा कामको लागि लिखित परीक्षाको साथै अन्र्तवार्ताको लागि निकै तयारी गर्नुप¥यो । अन्ततः मैले सजिलै हिसावले नाम निकाले । मेरो सुझाव के छ भने त्यो सजिलै पाउन पनि हुन्न र पाइन्न पनि । जसले पनि मिहेनत नै गर्नुपर्ने हुन्छ । मैले पनि युवा भाईबहिनीहरुलाई त्यहि भन्न चाहन्छु कि संघर्ष नै गर्नूृपर्छ । संघर्ष गर्न इच्छा शतिm पनि हुनुपर्छ । अनि संघर्षका साथ मिहेनत गरे पछी अवस्य अवसर पाइन्छ । अहिले नेपालमा जागीरको संभावना कम हुदै गएको छ, त्यसैले आफै स्वरोजगार बन्ने अनि आफ्नो व्यवसायको आफै मालिक बन्ने हिसाबले अगाडी बढ्यो भने झनै राम्रो हुन्छ ।
अन्र्तर्राष्ट्रिय संघ–संस्थमा आउनु भन्दा पूर्व तपाईको पेसागत अनुभव के कस्तो रहयो ? 
अन्र्तर्राष्ट्रिय संघ–संस्थमा आउनु भन्दा अगाडि रामपुर कृषि क्याम्पसमा लेक्चरको रुपमा काम गरे । त्यसपछि मैले मेरो पेसागत अनुभव समग्रमा भन्नु पर्दा ज्ञान, सीप, दक्षता र अनुभवको माध्यमले म यो उच्च स्थानसम्म आइपुगेको हँु । अहिले मैले कुनै पनि पेसा अपनाएको छैन्, म पूर्ण रुपमा समाजसेवामा लागेको छु ।
अन्र्तराष्ट्रिय संघ–संस्थामा सल्लाहकारका रुपमा काम गरिसकेको नेपालको स्थानिय क्षेत्रमा बिकास हुनु पर्ने आवाज उठाउदै आइरहनु भएको छ ? वेरोजगार अन्त्यका लागी स्थानिय क्षेत्रमै रोजगारका प्रशस्त संम्भावनाहरु के–के छन ? 
नेपाललाई जलस्रोतको धनी देश भनिन्छ तर अन्धकारमा बसिरहेका छौँ । काठमाडौंमा त खानेपानी पनि छैन । स्थानिय रुपमा बाटोघाटो, रेलमार्ग, सडक बनाउन १० लाख रोजगारी सिर्जना गर्न सक्छौं । त्यस्तै हाइड्रो सोलार र वाइन्ड इनर्जीमा पाँच लाख, पर्यटनमा ७ लाख, उद्योगमा ५ लाख, कृषि र पशुपालनमा ८ लाख, स्वास्थ्य र शिक्षामा तीन लाख, प्राकृतिक स्रोत साधन व्यवस्थानमा २ लाख र सेवा क्षेत्रमा १० लाख गरेर करिब ५० लाख भन्दा बढी १० वर्षमा नै रोजगार सिर्जना गर्न सकिन्छ । उदाहरणको लागी स्थानिय क्षेत्रको रुपमा यदि मेरो गृह जिल्ला मुस्ताङ जिल्लामा केन्द्रिय शासन हटाएर एक किसिमले त्यँहाको क्षेत्रलाई स्वायत्त क्षेत्रको रुपमा विकास निमार्णको लागी जनतालाई दिइयो भने मेरो विचारमा अबको पाच÷छ वर्षमा एसियाको सबभन्दा धनी क्षेत्र बन्न सक्छ, किनभने त्यँहा अवसरहरु छन । म पाकिस्तानको बल्स्थानमा जाँदा खेरी त्यहाको ठाँउ मुस्ताङको बगर जस्तै रैछ, तर त्यहा पानी चाँही रहेनछ । त्यस्तो बगरमा हजारौ माइल टाढाबाट माटो ल्याएर स्याउको बारी बनाएर अनि तीन÷चार सय तलबाट इलेक्टिसिटिबाट पानी तानेर बारीमा यस्तो राम्रो स्याउ फलाएका छन् । हाम्रो मुस्ताङ जिल्लामा त बगर मात्र होइन पानी पनि छ । हाम्रो त्यहाको बगरको ५० प्रतिशतमा चाही पुरा स्याऊ खेती गर्न सकिन्छ । यसका साथै त्यँहा हावा पानी राम्रो भएकोले अक्सिजन भेजिटेबलहरु पनि तयार गर्न सक्छौ । त्यँहा थोरैमा ४०/५० हजार मानिसहरुलाई रोजगार दिन सक्छौ । त्यस्तै गरेर टुरिष्टको लागी बाटो तथा गोरेटो बनाउनका साथै मुक्तिनाथ दर्शनको लागी जाने पर्यटकहरुको लागि धेरेै होम स्टे बनाउन सक्छौ । यस प्रकारले स्थानिय विकासबाट कम्तिमा एक लाख बढी हामीले बर्सैनी पर्यटकहरुलाई त्यँहा लान सक्छौ । यस प्रकारको विकासले त्यहाँको आइटी सेक्टरको विकास हुनका साथै स्थानिय रुपमा डेरी, सुकुटिको लागी च्यङ्ग्राकोे व्यावसायमा पनि विकास हुन्छ । मैले अमेरिकाबाट पि.एच.डि गरेर २५ वर्ष अगाडि मैले मेरो गाउको बगरमा ५०० हेक्टर स्याऊ उत्पादन गर्ने कार्यक्रम ल्याएर जादा मेरो गाउलाई जापानिज राजदुतावासले डेढ करोडको बजेट दिएको थियो । तर प्रत्येक चोटि सरकारमा धाउनु पर्ने अनि मान्छेले लगानी गर्न चाहेनन् । अहिले नै हामीलाई स्वायत्त दिने हो भने त्यहा हाम्रो गाउमा बसेका सबैले एक–एक लाख तथा दुई–दूई लाख उठाउन सक्छौ । सरकारलाई कर तिरिन्छ, तर ब्यवसायको वातावरण बनाउनुप¥यो । त्यसैले, सरकारले उचित वातावरणको निर्माण गरिदिने हो भो यस प्रकारको संभावनाहरु धेरै ठाउँमा स्वःस्फुर्त रुपमा अगाडि बढ्छ र त्यँहा स्थानिय तहमा धेरै रोजगारी सिर्जना हन्छ ।
अहिले सम्म नेपालमा युवा केन्द्रित मार्ग चित्र तयार हुन सकेको छैन । नेपालमा जति पनि विकास निमार्णका कार्य भए, त्यसमा युवालाई समाहित गरेर योजना तथा परियोजना बनाउन सकिएको छैन । यसलाई तपाईले कसरी हेर्नु भएको छ ? 
यस बारेमा मैले धेरै भनिसकेको छु कि सबैभन्दा ठुलो कमजोरी नै हाम्रो राष्ट्रका नेता तथा राजनेताहरुको कमजोरीहरु हो । अहिले सम्म पनि संसदमा कहिल्यै पनि कसैबाट युवा स्वरोजगारका विषयमा केहि कुरा उठेको छैन् । हाम्रो स्वदेशमा किन रोजगारको सिर्जना छैन, यसलाई हामी के गर्न सकिन्छ भनेर छलफल भएको छैन । कुनै राजनैतिक दलले यस मामिलामा छलफल गरेको छैन । यसले के देखाउछ भने एक त उनिहरु अनबिज्ञ छन् या जाने बुझेर पनि उनीहरुले बुझ पचाएका छन् ।
विद्यार्थी जीवन देखि पिएचडि सम्म आइपुग्दाका अनुभव के कस्ता रहे ?
मैले स्कुलपढ्दा खेरि म राम्रो विद्यार्थी भएकाले मैले गाउँमा पुस्तकालय खोलेको थिए । म गाउँमा हँुदा देखि नै मैले गोरखापत्रमा देखे कि रसियामा इन्जिनियरिङमा छात्रवृत्ति प्रकासित गरिएको थियो । त्यसमा धेरैले छात्रवृत्तिको लागि आवहान गरेको देख्दा खेरि मेरो ड्रिम पनि इन्जिनियरिङ्ग बन्यो । पछि गएर मैले आफनो आर्थिक अवस्थाले नभ्याए पछि छात्रवृत्तिमा विएस्सी एग्रिकल्चर पढे । पछि विस्तारै मेरो करिअर विएस्सी एग्रिकल्चरमा बन्दै गयो । पुर्ण छात्रवृत्तिमा भारतमा पढ्दै गर्दा मेरो मनमा एक किसिमको भाव पैदा भयो, अव पिएचडी पनि गर्नुपर्छ भन्ने लाग्यो । पुर्ण छात्रवृत्तिमा अमेरकिोको कर्नेल युनिभर्सिटिमा कृषि अर्थशास्त्रमा पिएचडि गरे, त्यतिबेला पनि कृषि अर्थशास्त्रीको वजारमा राम्रो माग थियो ।
यो स्थानसम्म आइपुग्नको लागी तपाईलाई सबैभन्दा वढि कुन कुराले उत्पे्ररणा ग¥यो ?
हामी गाउँमा हँुदा खेरि त्यतिखेर हाम्रो परिवारको एकदमै दरिद्र अवस्था थियो । घरमा खान लगाउनलाई खासै केहि थिएन् । मुस्ताङको त्यति जाडोमा हामीसंग न्यानो लुगाहरु थिएनन् । एक छाक भात खानलाई हामीले चाडपर्व कुर्नु पर्दथ्यो । सबैभन्दा वढि उत्पे्ररित मेरो आमाले गर्नुभयो । आमा अशिक्षित भए पनि उहाँले राम्रो पढ्नु बाबु भनिराख्नु हुन्थ्यो । त्यो भन्दा खेरि मलाई के लाग्यो भने राम्रोसँग पढ्नुपर्छ । राम्रोसँग पढियो भने राम्रो भइन्छ भन्ने लाग्यो त्यो उत्प्रेरणा मेरो आमाबाट आयो, त्यसपछि म पढ्दै गए । त्यसपछि पुर्ण छात्रवृत्तिमा भारतमा विएस्सी एग्रिकल्चर र अमेरकिोको कर्नेल युनिभर्सिटिमा पनि पुर्ण छात्रवृत्तिमा नै कृषि अर्थशास्त्रमा पिएचडि गरे । विस्तारै विस्तार मैले हरेक क्षेत्रमा व्यद Job Apply गर्दै गए र राम्रो राम्रो अवसर पनि पाउदै गए । विभिन्न संघ संस्थामा काम गरे मैले मेरो जीवनमा हरेक ठाउँ अफिसमा इमान्दारिकताका साथ काम गरेर आज त यो स्थानसम्म आइपुगे । मैले काम त देश विदेशका ठूल ठूला प्रोजेक्टमा पनि गरे तर आन्नद त आफ्नै देशमा पो आउने रहेछ । मैले राष्ट्रलाई केहि दिनु पर्छ भनेर Asian Development Bank Project को जागिर छोडेर समाजसेवा तथा नयाँ शक्ति नेपालको स्वरोजगार विभागको प्रमुखमा कार्यरत छु । म कमाउनको लागी भए हिमाली प्रोजेक्टमा नै कमाउथे तर सबै थोक पैसा मात्र होइन् । आफ्नो देश र समाजको लागि पनि केहि गर्नुपर्छ भन्ने उत्पे्ररणाका साथ अगाडि बढि रहेको छु ।
करिअरका सन्र्दभमा तपाई कृषि अर्थ विज्ञ श्रम तथा नयाँ शक्ति नेपालको सहकारी स्वरोजगार विभागका प्रमुख पनि हुनुहुन्छ । यि मध्ये तपाई कुन क्षेत्रलाई आफ्नो करिअर भन्नु हुन्छ ?
अहिलेको मेरो करिअर भन्नुपर्दा राजनीति हो । कुषि अर्थ विज्ञ पनि हो । म अन्र्तराष्ट्रिय संघ संस्थामा उच्च स्थानमा रहेर पनि काम गर्दै गए, सरकारमा काम गर्दा पनि मैले २० मिलियन डलरको राप्ती एरिया प्रोजेक्ट मेनेजर भएर काम गरे । यो कामबाट मैले धेरै कामहरु सफल र प्रभावकारी वनाए । कृषिसँग सम्बन्धित काम पनि गरिरहे । मैले अर्थशास्त्रको हिसावले कुन चाँहि उद्योगधन्दा गर्दा खेरि कृषि क्षेत्रमा धेरै नाफा मुलक हुन्छ भन्ने मामिलामा केन्द्रित भए । अब समष्टिगत रुपमा भन्नु पर्दा काम त मैले धेरैमा गरे तर मेरो खास करिअर भनेको विभिन्न अन्तराषर््िट्रय संघ संस्थामा हो । जहाँ मैले २५ वर्ष सम्म काम गरे र मैले गरेका कामहरु पनि सफल हुदै गए, अन्ततः मेरो करिअर पनि कृषि क्षेत्रमा नै बन्यो । अहिले म नयाँ शक्ति नेपालमा आवद्ध छु नेपाललाई समृद्ध नेपाल बनाउछु भनेर लागि रहेको छु। मेरो करिअर अहिले राजनीति नै हो ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें